काठमाडौँ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले यो वर्षको माध्यमिक शिक्षा (एसईई)  परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले बताउनुभयो । चैत ११ र १२ गते होली पर्व परेको छ । त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताउनुभयो ।  बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्नुपर्ने थियो तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको हो ।

यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जना विद्यार्थीहरुले रजिष्ट्रेसन फाराम भरेका छन् ।  तीमध्ये २ लाख ४६ हजार चार छात्र विद्यार्थीहरु र २ लाख ४३ हजार ४४० छात्रा विद्यार्थीहरुलेले रजिष्ट्रेसन फाराम भरेका छन् । यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था समेत राष्ट्रिय परीक्षा बोर्ड गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *